रवि लामिछाने अदालतबाट रिहा हुँदा देखिएक दृश्यहरु, यसरी तात्यो चितवन

मनिषा थापा

भक्तपुर : संचारकर्मी रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र युवराज कँडेलसँग ३ लाख धरौटी मागेको हो । त्यस्तै नर्स अस्मिता कार्की भने निर्दोष साबित हुँदै रिहा भएकी छिन्।

अब रविले प्रहरी हिरासबाट निस्किए पनि यो मुद्दाको अन्तिम किनारा नलागेसम्म् आफुखुसी विदेश जान पाउने छैनन्। विदेश जानुअघि उनले अदालतको लिखित अनुमति लिनुपर्ने शर्त राखिएको छ। त्यस्तै शालिकरामको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा किनारा नलागेसम्म हरेक महिना अदालतमा तारेख धाउनु पर्नेछ। रविले हिरासतमा रहँदा यदि बाहिर निस्कन पाएमा शालिकरामका दोषी तीन मिनेटमा पत्ता लगाउने बताएका थिए।

तर अदालतको आदेशले अब उनले यो प्रकरणबारे कार्यक्रममा बोल्ने या सार्वजनिक टिप्पणी गर्न पाउने छैनन्। अदालतमा विचाराधीन मुद्दा र उनी त्यसका अभियुक्त भएकाले यसबारे उनले आफ्नो च्यानलबाट केही बोल्न नपाउने भएका हुन्। तर उनले चलाइरहेको कार्यक्रम चलाउन भने उनीमाथि रोक लागेको छैन।

यो मुद्दामा सोमबार सरकारबाट तीनजना सरकारी वकिलले सोमबार बहस गरेका थिए। यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका थिए। रवि रिहाई भए पछि उनका समर्थकहरुले उनको भव्य स्वागत गरेका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया