काठमाडौँ म्याराथन हुने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० भदौ : आगामी पुस ५ गते ‘प्रो स्पोर्टस् प्रालि’को आयोजनामा १३आँै संस्करणको काठमाडौँ म्याराथन हुने भएको छ । उक्त म्याराथनमा सात स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष र महिलातर्फ फुल म्याराथन, हाफ म्याराथन, पाँच किलोमिटर खुला दौड, कर्पोरेट दौड, पाँच किलोमिटर छात्रा÷छात्र दौड तथा तीन किलोमिरट ह्वीलचेयर दौड हुनेछ ।

यस पटक फेमिली दौडसमेत राखिएको श्रेष्ठले बताउनुभयो । उक्त म्याराथनका लागि काठमाडौँ र भक्तपुर नगरपालिकासँग छलफल भइरहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया