धरौटीमा रिहा भएका रवि लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशाले लेखिन यस्तो स्टाटस

शर्मिला गुरुङ

काठमाडौं, १२ भदौ  : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने हिरासतबाट छुटेपछि उनका पूर्व पत्नी इशा लामिछ्नेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेकी छिन।

साउन २३ गते बिहिबार काठमाडौँबाट पक्राउ परेका लामिछाने चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेपछि उनलाई लक्षित गरी ईशाले स्टाटसमा ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ भनेर व्यंग्य गरेकी छिन् ।

गत वर्ष मात्र उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए । 

हेर्नुहोस इशा लामिछानेको स्टाटस

प्रतिक्रिया