प्रश्नको जबाफ नै नदिई कार्यक्रमस्थलबाटै बाहिरिए ज्ञानेन्द्र शाही

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको संवाद चौतारीमा बुधबार आयोजित एक पत्रकार अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही र नेकपाका कार्यकर्ताबीच चर्काचर्की हुँदा ज्ञानेन्द्र शाही पत्रकारहरुले प्रश्न सोध्न नपाउँदै बाहिरिएका थिए।


उक्त कार्यक्रममा अभियान्ता ज्ञानेन्द्र शाहीले प्रथम बक्ता भएर आफ्ना कुरा राखेका थिए। उनी माथि नेकपाका एक कार्यकर्ताले प्रश्न गर्न थाले त्यसपछि सो प्रश्नको उत्तर नै नदिई उनले उल्टो ४ वटा प्रश्न राखे। उक्त कार्यकर्ताको जबाफ नै नसुनी उनी आफ्नो एकतर्फी तर्क राखेर कार्यक्रम नसकिदै हिडे। ‘जताततै अरिंगालको गोलो छन् त्यसकारण बचेर हिड्नु पर्छ’ भन्दै कार्यक्रमबाट शाही बाहिरिएका थिए।

देश र जनताको हितका लागि स्थायी संरचनाको नाममा निरंकुश राजतन्त्र फर्काउनु पर्छ र यो गणतन्त्र फ्लप फैसक्यो भन्दै नारा जुलुस गर्दै हिड्ने अभियान्ता कार्यक्रमनै समापन नभई उठेर हिड्नु कत्तिको जायज छ ? देश र जनताको लागि मर्न समेत तयार छु भन्ने अभियन्ता सामान्य प्रश्नबाट पनि तर्किनु जनताले कुन रुपमा लिने छन् हेर्न बाँकी छ । हेर्नुस भिडियोमा कार्यक्रमस्थलबाट सबैका बीच यसरी बाहिरिए ज्ञानेन्द्र शाही ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू