यात्रुवाहक बस दुर्घटना, पन्ध्र जना घाइते

राष्ट्रिय समाचार समिति

तुलसीपुर, १६ भदौ : दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीमा दुर्घटना भएको हो ।

फाइल फोटो

अनियन्त्रित भई दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाका गम्भीर घाइतेको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया