स्नेहाज केयर र नेपाल भेटेनरी एशोसिएसनका प्रतिनिधिहरु अपरहणमा परेको आशंका

मनिषा थापा

भक्तपुर : केहि वर्षदेखि छाडा छोडिएका, चोटपटक लागेका, गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेको स्नेहाज केयर नामक संस्था र नेपाल भेटेनरी एशोसिएसनका प्रतिनिधिहरुलाई दिक्तेलमा मेयरका कार्यकर्ताहरुले अपहरण गरेको आशंका गरिएको छ।

कुकुरहरुलाई निर्ममतापूर्वक हत्या गरिएको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल सहित् अन्य दुई विरुद्ध किटानी जाहेरी मुद्दा दर्ता गर्ने स्नेहाज केयर र नेपाल भेटेनरी एशोसिएसनका प्रतिनिधिहरु अहिले बेपत्ता भएका छन्।

मेयरका कार्यकर्ताहरुले उक्त प्रतिनिधीलाई अपहरण गरेको आशंका व्यक्त गर्दै घटनाको बारे वृस्तृत जानकारी सहित् स्नेहाज केयरले आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट शयेर गरेको छ। उक्त पोष्टमा बेपत्ता भएका ती प्रतिनिधीको रिहाईको माग गर्दै आज दिउँसो ३ बजे माइतीघरको मण्डलामा विरोध सभा गर्ने बारे आह्वान गरेको छ।

 

 

 

प्रतिक्रिया