अविरल वर्षाको कारण मूलपानीमा ग्रिनहिल सिटी हाउजिङको बन्दै गरेको घर भत्कियो

मनिषा थापा

भक्तपुर : गएराति आएको वर्षाको कारण काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा निर्माणधिन एक घर भत्किएको छ । मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर अत्यधिक वर्षाको कारण राति २ बजे भत्किएको हो ।

प्राप्त जानकारी अनुसार, घरको संरचनामात्र तयार भएको कारण भत्किए पनि घटनामा कुनै मानवीय क्षति भएको छैन। निर्माणधिन घर के कारणले भत्कियो ? भन्ने अनुसन्धान भईरहेको छ।

गएरातिको वर्षाले मूलपानीका अन्य स्थानमा समेत क्षति पुगेको र केहि स्थानमा घर भित्र पानी पसेको स्थानियले बताए ।

 

प्रतिक्रिया