घट्यो सुनको भाउ, तोलाको कतिमा कारोबार हुँदैछ ?

शर्मिला गुरुङ

काठमाडौँ, १९ भदौ  : आज साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। हिजो बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला एक सय रुपयाँले नै घटेको छ। तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। हिजो बुधबार तितोला ९ सय ४० रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको चाँदीको भाउ आज भने स्थिर रहेको छ ।

प्रतिक्रिया