राजा फर्किने परिकल्पनै नगरौं : डीला संग्रौला

मनिषा थापा

पिएनपिखबर : नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलालेले कुरुरत्ता पुर्व सुनियोजित ढंगले गौहत्या भएको बताएकी छिन्। ”धर्म, सस्कृतिसँग जोडिनुको साथै राष्ट्रिय जनावर रहेको गाईको हत्या हुनु भनेको धर्म र सास्कृति विरुद्ध जानु हो। यस्ता गतिविधिले जनतामा आक्रोश बढ्नुको साथै धर्मको लागि आन्दोलन चल्न सक्ने सम्भावना छ” , उनले भनिन् ।

गौहत्या गर्नु जघन्य अपराध रहेको कारण सदनमा पनि गौहत्या गर्ने माथि छानविन गरी कडा कारवाही हुनु पर्ने माग गरेको उनको भनाई छ। गौहत्याको सत्य तथ्य पत्ता लगाउन छानविन गठन गर्दैमा सरकार चुप लागेर बस्न नहुने उनको टिप्पणी छ।

त्यस्तै, उनले कांग्रेसले सधै समसामयिक घटनाबारे आवाज उठाउँदै आएको जनाईन। वर्तमान सरकारले जनतालाई आश्वस्त पार्न नसकेको कारण राजावादीको परिकल्पना हुन् थालेको उनले बताईन। राजसँस्था फर्किन नसक्ने बताउँदै उनले भनिन्, ”मान्छे मरिसके पछि लाश फर्किदैन भने जस्तै विदा भएको राजा फर्किने परिकल्पनै नगरौं। गणतन्त्रबाट अब मुलुक पछि हट्न नसक्ने र ठुलो त्याग र धेरै सहिद भएर ल्याइएको गणतन्त्रलाई सबैले मान्नै पर्छ।”

बाँकी हेर्नुहोस भिडियोमा……

प्रतिक्रिया

सम्बन्धित समाचारहरू