रहेनन् जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबे

मनिषा थापा

एजेन्सी : जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ। ९५ वर्षीय जिम्बाब्वेको केही समयदेखि स्वास्थ्यमा खराबी देखिएपछि सिङ्गापुरमा उपचार हुँदै थियो । परिवारले मुगाबेको मृत्यु भएको पुष्टि गरेको छ ।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो ।तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।

सन् २०१५ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनले तीन दशक देशमा शासन गरेका थिए । उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशका प्रथम प्रधानमन्त्री बनेका थिए। पछि उनी राष्ट्रपति भए।

प्रतिक्रिया