सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ गम्भीर घाइते

admin

मकवानपुर, भदौ २ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ८ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा दुर्घटना भएको हो।

फाइल फोटो

मृत्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइबा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन्। घाइतेहरूको अहिले हेटौँडा अस्पताल हेटौँडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुमोको टायर फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सुमो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया