आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो : राप्रपा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ ।पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाएको भए पनि सरकारले त्यसको सदुुपयोग गर्न नसकेको बताउनुुभयो ।

फाइल फोटो

“वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौँ”, यो बीचमा सुन र वाइडबडी काण्ड भएको बताउदै उहाँले भन्नुुभयो, “अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढङ्गबाट मुलुक चल्दैन ।” धर्म निरपेक्षको घटनालाई ओमकार परिवारप्रतिको अन्याय र धोकाका रूपमा पार्टीले लिएको जनाउँदै अध्यक्ष जबराले नेपाली जनताले खोजेको नेपालको पहिचान र भ्रष्टाचारविरुद्ध आगामी तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने सो अवसरमा जानकारी दिनुभयो ।

मुलुकमा अहिले विकासको कामले चर्चा पाउनुपर्नेमा भ्रष्टाचारका काण्ड चर्चामा रहेको बताउँदै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भन्नुुभयो, “राजनीति पैसा कमाउने उद्योग र व्यापार भएको छ, जनताको सुशासन र विकासको आकाङ्क्षा निराशामा परिणत भएको छ, प्रजातान्त्रिक माध्यमबाट लोकतन्त्रलाई मास्ने काम भएको छ ।”जनजीविकाका सवाल कार्यान्वयनमा सरकार पूर्ण असफल भएको बताउँदै उहाँले करार सम्झौताका नाममा प्रशासन संयन्त्र ध्वस्त पार्न खोजिएको हुँदा अब मुलुकको साख जोगाउन आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “प्रजातन्त्र खतरामा छ, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, विरोध र आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो ।”

प्रतिक्रिया