प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट :के कुरामा भयो छलफल?

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० भदौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार जानुभएको हो ।’

सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषय छलफल भएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओली गत भदौं ५ गते सिङ्गापुरबाट उपचार गराएर आज स्वदेश फर्कनुभएको हो ।

प्रतिक्रिया