विनिमयदर : आज पनि ओरालो लाग्यो अमेरिकी डलरको भाउ,अन्य देशको कति ? [सूचीसहित]

शर्मिला गुरुङ

काठमाडौं, २१ भदौ : साताको सातौँ दिन अर्थात शनिबार आज पनि नेपाली बजारमा अमेरिकी डलरको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया