एम्बुलेन्स पल्टिँदा एकको मृत्यु, चार घाइते

admin

बर्दिबास, २२ भदौ : एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। पैदल यात्रीलाई जोगाउने क्रममा महोत्तरीको बर्दिबास ३ मा एम्बुलेन्स पल्टिँएको हो ।

एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन्।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका ४ रोशा बराइली पनि घाइते भएका हुन्। उनको दाहिने खुट्टा भाँचिएको छ। घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ। प्रहरीका अनुसार घरायसी झगडामा उवेश लगायत घाइते भएका थिए। घाइतेहरूलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो।

प्रतिक्रिया