त्रुटि गर्ने प्राविधिकमाथि कारवाही हुन्छ : मन्त्री राई

राष्ट्रिय समाचार समिति

राँझा, २६ भदौ: शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पूर्वाधार डिजाइनका काममा त्रुटि गर्ने प्राविधिकमाथि सरकारले कारवाही गर्ने बताउनुभएको छ । ‘डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन नेपाल (डिन)को केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दोष जति सरकारलाई दिएर प्राविधिक र निर्माण व्यवसायी उम्किन नमिल्ने बताउनुभयो ।

कुनै पनि निर्माण योजनामा त्रुटि हुनु प्राविधिकको दोष भएको मन्त्री राईले बताउनुभयो । “प्राविधिकले सरकारलाई दोष दिने र सरकारले प्राविधिकलाई दिने होइन, हामी दायित्व लिन तयार छौँ, तर प्राविधिकले समयमै सल्लाह दिनुप¥यो, अरुलाई दोष दिएर उम्किन मिल्दैन”, उहाँले भन्नुभयो ।

निर्माण योजनाको डिजाइन र अनुगमनमा कमजोरी नगर्न आग्रह गर्दै मन्त्री राईले काममा त्रुटि गर्ने प्राविधिक तथा ठेकेदारलाई सरकारले कडा कारवाही गर्ने उल्लेख गर्नुभयो । उहाँले कानूनी प्रावधानभन्दा बाहिर जान खोज्ने प्राविधिक वा ठेकेदार जोसुकैलाई पनि कानूनी प्रक्रियामा ल्याएर कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया