काठमाडौँ : आज साताको पाँचौ दिन आज बिहिबार सुनको भाउ घटेको छ। आज सुनको भाउ ह्वात्तै घटेर छापावाल सुन प्रतितोला ७० हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि छापावाल सुन ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।