सुनको भाउ बढ्यो

मनिषा थापा

काठमाडौँ : आज हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार भने छापावाल सुन ७० हजार ७ सय तथा तेजावी सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया