आज पनि उकालो लाग्यो सुनचाँदीको भाउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ असोज : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । गत शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजारमा कारोबार भएको सुनको भाउ आज पनि ३ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी  तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया