शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत रिहा

मनिषा थापा

काठमाडौँ: इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत सहित ११ जना रिहा भएका छन । राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव सेनाका अध्यक्ष सहित कार्यकर्तालाई बसन्तपुरबाट पक्राउ गरेको थियो ।

बस्नेतले धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने आरोप लगाउदै आएका थिए । पक्राउ पर्नेबित्तिकै विभिन्न धार्मिक संघसंस्था तथा राजनीतिक दलहरुले इन्द्रजात्रा पर्वमा विरोध प्रदर्शन गर्दा पक्राउ परेका व्यक्तिको रिहाइको माग गरेका थिए।

प्रतिक्रिया