आर्थिक अभावका कारण आफ्नो छोराको मृत्यु कुर्न विवश आमा

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : गरिबको घरमा मात्र तेरो बास हुनेभए हे इश्वर !! दया राखी मलाई अझ दुख: दे. ……नाट्य शिरोमणि बालकृष्ण समका यी हरफहरुले नेपालका कुना कन्दरा पहरा पाखाहरुमा जाँदा जहिले पनि झस्काईरहन्छ।

खै ! कस्तो समाजको परिकल्पना गर्दैछन् हाम्रा श्रदय नेताज्युहरु जहाँ गरिब झन् गरिब हुँदैछन् अनि धनि झन् धनि। त्यसमाथि पनि कहिले उपचार नै नहुने रोग पनि हामी गरिबलाइ नै लाग्दो रहेछ। नेताहरुलाई सामान्य बिरामी हुँदा समेत विदेश धाउन पर्ने तर गरिबका छोराछोरीहरु बिना उपाचार मर्न बाध्य हुनुपर्ने।

अनि भगवान पनि कति निष्ठुरी हुन् सक्ने हाँस्ने खेल्ने कल्कलाउँदो उमेरमा कहिले निको नहुने रोग लगेपछि अहिले यी बालक भविष्य परियार र उनकी आमाको बिचल्ली भएको छ। मृत्यु कुर्नु बाहेक कुनै उपाए नरहेपछि सोच्नुस, कस्तो अवस्थामा बाँचीरहेका होलान यी आमा छोरा। भएको बाबु पनि मानसिक समस्याले ग्रस्त त्यसमाथि भारत तिरै गायब छन्। सम्पतिको नाम मा यहि एउटा कटेरो शिवाय केहि छैन। साच्चई हामी यो ठाउँमा पुग्दा अनि यी दृष्यहरु हेरिरहँदा आँखामा आँशु रोक्न सकेनौँ।

दर्शकबृन्दहरु हुन त हेमोफिलिया एउटा निको नहुने रोग हो तर पनि तपाईं हाम्रो सहयोगले यी बालकले अझ केहि दिन दुनियाँ देख्न पाउछन कि भन्ने आशाले यो भिडियो निर्माण गरेका छौँ। सक्नुहुन्छ यी बालकलाइ सकेको सहयोग गरिदिनुहोला सक्नुहुन्न सहयोगी मन समक्ष पुर्याईदिन कृपया यो भिडियो धेरै भन्दा धेरै सहयोग गरिदिनु होला।

भविष्य परियारको दर्दनाक अवस्था हर्नुहोस् भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू