काङ्ग्रेस सच्चिएर अगाडि बढ्नुपर्छ :वरिष्ठ नेता पौडेल

राष्ट्रिय समाचार समिति

लमही, ९ असोज: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सच्चिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला कार्यसमिति दाङले आज श्रीगाउँमा आयोजना गरेको कार्यक्रममा उहाँले कमीकमजोरीबाट पार्टीलाई मुक्त गरी सबै अघि बढ्नुपर्ने बताउनुभयो ।

काङ्ग्रेस नै अब जनताले भरोसा गर्नुपर्ने पार्टी भएको नेता पौडेलको भनाइ थियो । “अब हामी अल्मलिनु हुँदैन्”, उहाँले भन्नुभयो । उहाँले जनताले सरकारको विकल्प खोजेको बताउनुभयो । “सरकारलाई असफल गराउन काङ्ग्रेस लागेको छैन”, नेता पौडेलले भन्नुभयो ।

प्रतिक्रिया