७२ घण्टाको अप्रेशन पछि बैंकको ५ अर्ब लुट्ने योजना विफल पार्यौ : एसएसपी थापा

मनिषा थापा

भक्तपुर : बैंकिङ प्रणालीको दुरुपयोग गरी ५ अर्ब रुपैयाँभन्दा धेरै रकम विदेश लैजाने योजना विफल बनाउन नेपाल प्रहरी सफल भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बैंक तथा वित्तीय संस्थाको प्रविधि ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा बढी रकम विदेश लैजाने योजनामा संग्लन १२ जनालाई बुधबार सार्वजनिक गरेको हो।

पक्राउ परेका मध्ये ४ जनालाई प्रहरीले ४० लाख ५० हजार रुपैयाँसहित बरामद गरेको थियो ।अन्यको बारेमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कृषि विकास बैंक ह्याक प्रकरणका मुख्य व्यक्ति अफ्रिकाका ‘काले’ भनिने पिटर रहेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

उनले पिटरको योजनामा विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरूबाट रकम ह्याक गरी विदेश लैजाने योजनामा रहेको बताए। उनले भने, ‘१२ जना समात्न हामीले ७२ घण्टा लगायौं, बैंकबाट आशंका भएको खबर पाउने वित्तिकै हामी अनुसन्धान गर्न निरन्तर लाग्यौ।  मुख्य योजनाकार भनिएको कालेलाई समात्न विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य गर्छौं । अनुसन्धान अझै जारी छ ।’

 के-कस्ता प्रविधिले बैंक ह्याक गरिएको हो भन्ने बारे अनुसन्धान भईरहेको उनले बताए । यस अघि पनि नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। भाद्र १४ गते राती नबिल बैंकको एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा चिनियाँ समूहले झिकेका थिए।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू