प्रदीप पौडेलले भने, ‘कुटेर आवाज बन्द हुँदैन’

मनिषा थापा

काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको निन्दा गर्दै आफ्नो फेसबुकमार्फत भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहिको स्वतन्त्रताबाट बन्चित हुन् नपाउने बताएका छन्।

 

उनले फेसबुकमा लेखेका छन् – ‘अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा ग़लत छ, चाहे जुन सुकै बाहानामा होस, कसैले कसैको पनि स्वतन्त्र रूपमा बिचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको बिचारसंग असहमत हुन पाइन्छ तर उनलाई बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न पाइदैन । कुटेर आवाज बन्द गर्न सकिदैन अंरिगालहरूलाई ख़्याल होस ।’

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रम नै विथोली शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कुटपिट गरेका थिए । प्रचण्डलाई हेग पुर्याउछु भन्दै आएका जनमुक्ति सेनाका लेनिन विष्टलाई समेत कुटिएको खबर छ। चितवनमा प्रचण्ड पुत्री मेयर छिन्।

प्रतिक्रिया