आज झन् घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

शर्मिला गुरुङ

काठमाडौँ, १२ असोज : साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ ओरालो लागेको छ । आज सुनमा प्रतितोला ६ सय रुपैयाँले घटेको छ।

अस्ति शुक्रबार प्रतितोला २ सय रुपैयाँ घटेर ७० हजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुनको आज  ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज सुनको भाउ पनि घटेको छ। शुक्रबार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। 

प्रतिक्रिया