कांग्रेस नेता सिंह भन्छन, ‘महरालाई कारवाही हुनै पर्छ’

मनिषा थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई जनविश्वासको लागि कारवाही गर्नुपर्ने जिकिर गरेका छन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कानुन सबैका लागि बराबर भएको कारण दोषीलाई ढाकछोप गर्न नहुने भन्दै दोषी देखिए कारवाही गर्न सरकारलाई सुझाव दिए ।

सभामुखको व्यक्तित्व प्रस्तुत गर्न महरा चुकिसकेको आरोप लगाउँदै सभामुख पदबाट मात्र नभई सांसदबाट पनि राजीनामा दिनुपर्ने उनको बताए । त्यस्तै उनले मृतक निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने दोषी पत्ता लाउन नसकेर सरकारले जनताको विश्वास गुमाएको गुनासो गरे। उनले भने, ‘निर्मला प्रकरणमा सरकारले जनविश्वास गुमाइसकेको छ ।’

महरालाई पनि कारवाही नहुने हो भने दुई तिहाई बहुमतको सरकारको साख गिर्छ । प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्छ ।’  सोमबार सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी थिइन् । तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको ती महिलाको दाबी छ। लगतै मंगलबार पार्टीको सुझाव बमोजिम सभामुख महराले पदबाट राजीनामा दिइसकेका छन् ।

यद्यपी पीडित भनिएकी महिलाले आरोप लगाएको करिब २४ घण्टापछि मंगलबार कुरा फेरेकी हुन्।  मिडियाले जथाभावी लेखेको भन्दै आफ्नै बयानको खण्डन गरिरहेकी छिन् ।

उनले बोली फेरेको भन्दै उनको सर्वत्र आलोचना भईरहेको छ । महराको राजीनामापछि अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । महरा पीडक र महिला पीडित हुन् या होइनन् अनुसन्धानपछि खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू