राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्रीद्वारा सडकको अवस्थाबारे जानकारी

मनिषा थापा

काठमाडौँ, २५ असोज : दुई दशकपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आज शनिबार आउदैछन्। उनको स्वागतको लागि सरकारले राजधानीको विभिन्न क्षेत्रलाई कलात्मक सौन्दर्यबाट सजाएको छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्केका थिए ।

भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुभएको जानकारी छ। प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी आज अपराह्न काठमाडौँ आउँदै छन् ।

प्रतिक्रिया