कांग्रेस सांसद आलम रौतहटबाट पक्राउ !

मनिषा थापा

असोज, २६ : नेपाली काग्रेस बाट रौतहट क्षेत्रनम्बर २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पहिलो संविधानसभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते राती राजपुरफरहदवा स्थित आफनै गोठमा बम बनाउने क्रममा भएको बिस्फोटको घटनाको अनुसन्धान गर्न प्रहरीले प्रतिनिधि सभा सदस्य आलम लाई पक्राउ गरेको हो ।

उनी पुर्ब श्रम तथा यातायात ब्यबस्था मंन्त्रि समेत भैसकेको हुन । बम विस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको र उनीहरुलाई नजिकैको ईट्टाभट्टामा जलाएको आरोप प्रतिनिधि सभा सदस्य आलम माथि रहेको छ ।

गौर जादै गर्दा उनलाई राजपुर गेट नजिकबाट पक्राउ गरेको जनाइएको छ । प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले अनुसन्धानको लागि प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई नियन्त्रणमा लिएको बताउनु भयो ।

यसै आरोपमा आलाम १२ वर्ष पुरानो बम काण्डको आरोपमा पक्राउ परेका हुन्। पहिलो संविधानसभाको निर्वाचनमा उनी रौतहट २ बाट विजयी भएका थिए। उनले १६ हजार ८ सय १ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका उम्मेदवार शैलेन्द्र साहले ७ हजार ४ सय ६ मत पाएका थिए।

प्रतिक्रिया