नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर

मनिषा थापा

भक्तपुर : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा लगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

दुई देशबीच भएको सहमतिमा अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

यसको साथै विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने देखि स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने समेत् सहमति भएको छ ।

यसबाहेक, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

प्रतिक्रिया