यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

admin

काठमाडौं, असोज २७ : हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ ।


निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् ।

महरा र चौधरी निलम्बनमा परिसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया