इनास अवार्ड-२०७६ सम्पन्न !

मनिषा थापा

असोज, २८ : नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार श्री सुरेन्द्र महर्जन अमर ज्युलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

(नेपाली गीत, संगीत, साहित्य र चित्रकारीता) का सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन ”अमर” ज्यू, लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो उक्त कार्यक्रम राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार श्री निर शाह ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार श्री रणजित गजमेर ज्यू, लाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो ।

रोमान्टिक नायक यसराज गराच , ग्लामरस नायिका प्रियंका कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतिले सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । ७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराएको छ ।

प्रतिक्रिया