महिला प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोपमा सई पक्राउ !

मनिषा थापा

नेपालगञ्ज : तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थी प्रहरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत सई बमबहादुर राना रहेका छन् ।

गत आइतबार राति प्रहरी जवानको तालिम गर्दै गरेकी ती महिला प्रशिक्षार्थी प्रहरीलाई तालिम केन्द्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई जवरजस्ती करणी मुद्दामा बाँके जिल्ला अदालतले मंगबार सात दिनको म्याद थप गरेको बुझिएको छ ।

प्रतिक्रिया