२८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने युवक जेल चलान !

मनिषा थापा

भक्तपुर : भक्तपुरको सल्लाघारी स्थित जंगलमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने एक जना जेल चलान भएका छन् । अर्का एक नाबालकलाई अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको छ ।

भक्तपुर सुर्यबिनायक नगरपालिका–७ किवाचोकका १९ वर्षीया सन्तोष माकाजुलाई भक्तपुर जिल्ला अदालतले पूर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

यस्तै, अर्का नाबालक बाल बिज्याँईकर्तालाई अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेबतिरमण पोखरेलले जानकारी दिए ।

असोज ३ गते ती दुईले युवतीलाई जबरजस्ती गरेको आरोपमा प्रहरीले उनीहरुलाई असोज ४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया