अविवाहित श्रीनेहाले गरिन जुम्ल्याहा सन्तानको पास्नी !

मनिषा थापा

पिएनपिखबर : अविवाहित श्रीनेहा पोखरेलले जुम्ल्याहा सन्तानको पास्नी गरेकी छिन्। दाङबाट बेसहारा अबस्थामा उद्दार गरिएको गर्भवती महिलाबाट जन्मिएको जुम्ल्याहा सन्तान एउटा छोरा र छोरीको श्रीनेहाले पास्नी गरेकी हुन्।

छोराको नाम संरक्षण र छोरीको नाम सहमति राखिएको श्रीनेहाले जनाईन। उद्दार गरिएकी ती मनोरोगी महिलाले आफ्नै सन्तान नचिन्ने उनले बताईन। संरक्षण र सहमतिलाई आशिर्वाद दिन धेरै व्यक्तिहरु आएका थिए। उनले भनिन्, ‘म जस्तो भाग्यमानी आमा कोहि छैन होला, आफ्नो जीवनबाट सन्तुष्ट छु।’

संरक्षण र सहमति जस्तै यस अघि श्रीनेहाले एक अनाथ बालकको पनि पास्नी गरेकी थिइन।ललितपुरको कुसुन्ती हाईटमा अवस्थित नेपाल स्नेही काख नामक सँस्थाले मानसिक सन्तुलन गुमाउन पुगेका व्यक्ति, सडकमा भौतारिदै हिडेका अनाथ बालबालिका, युवा र बृद्धबृद्धा देखि भर्खर जन्मिएका शिशु समेत् उद्दार गरेको छ।

थोरै बाट शुरुभएको यो सँस्थामा आज धेरै संख्या पुगेर ठुलो परिवार बनेको छ। त्यसकारण सहयोगी मनहरुको सहयोगमा अहिले बस्नको लागि टहरा निर्माण भईरहेको छ। सँस्थाकी संचालिका पोखरेलले सहयोग गर्न चाहाने महानुभावलाई यस भिडियो सामाग्रीमार्फत आफ्नो मोबाइल नम्बर दिएकी छिन्।

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू