एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। उनी मङ्गलबार देखि नियमित स्वास्थ्य जाँच गर्न स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन्। स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज हुने बताइको छ।
उनले आफ्नो शुभचिन्तक तथा फ्यानहरुलाई आफ्नो स्वास्थ सामान्य रहेको भन्दै अस्पतालमा बसेको तस्बिर सहित् ट्वीटमार्फत जानकारी गराएका छन्।
उनी अस्पतालमा भर्ना भएको खबर पाएपछि उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका छन्। २०१२ मा शल्यक्रिया गरेदेखि नियमित स्वास्थ्य जाँचका लागि उनी अस्पताल जाने गर्छन्।