तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने : प्रचण्ड

मनिषा थापा

धनगढी, १ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले मिडियामा चर्चा भएजस्तो तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका हुन्।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’

उनले सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भरपर्ने तर्क गर्दै आफूलाई यस्तो प्रश्न नसोध्न आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के हो? यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ,’ उनले भने ।

यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ ।’

प्रतिक्रिया