जनताको अपेक्षाअनुसार काम भएका छैनन् : टोपबहादुर रायमाझी

मनिषा थापा

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भईरहने भन्दै अहिले कुनै विवाद नभएको बताए।

उनले भने,‘अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले हरेक पाटीृभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै थपे, ‘पार्टीभित्रको आधिकारिक लाईन छ । हामी त्यहीअनुसार चलिरहन्छौं । को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ । यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन् ।’ उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको चित्रण गरे ।

रायमाझीले थपे,‘यतिवेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्धपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीले समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।’

कार्यक्रममा एक पत्रकारले नेताहरु त डकैत भए नि भन्ने शब्द प्रयोग गर्दा रायमाझीले असन्तुष्टी पोखे । उनले भने,‘डकैती भन्ने शब्द नबोल्नुहोस् । अधिकार आएको छ भन्दैमा जे मन लाग्यो त्यही बोल्ने, अलिक शिष्ट रुपमा शब्द प्रयोग गर्नुहोस् । अराजक हुनुलाई अधिकार आएको होईन् । गलत शब्द, अप्रिय शब्द बोल्नको लागि स्वतन्त्रता आएको होईन । रायमाझी डकैती गर्न आएको होईन । यो सरकार पनि जनताको अत्यधिक बहुमतको जनमत लिएर आएको हो ।’

उनले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे । उनले भने,‘ कारबाही गर्ने सन्दर्भमा जनताबाट कुरा उठ्न पर्छ । गलत गर्नेहरु कानूनको दायरामा आउनुपर्छ । जोसुकै होस् । नेकपाका मान्छेले गल्ती गरे पनि उनीहरुपनि कारबाहीको भागिदार हुनुपर्छ । निश्पक्ष छानबिन हुनुपर्छ । कानुनको नजरमा सबै बराबर हो । कोही मान्छे थुनियो भने सडकबाटै फैसला गर्ने काम गर्नुहुँदैन् ।’

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू