चोरीका घटनामा बालबालिका संलग्नता बढदै

राष्ट्रिय समाचार समिति

सुर्खेत, १४ कात्तिक : सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो ।



प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घटना दर्ता भएकामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको छ । प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवि रावलले बालबालिका चोरीका घटनामा संलग्न हुने क्रम बढेको बताउनुभयो ।

“उमेर नपुगेका २०÷२२ बालक चोरीमा संलग्न भएको पाइएको छ,” उहाँले भन्नुभयो, “पक्राउ ग¥यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनःचोरी शुरु गर्छन् ।” बालबालिकाले ठूला पसलभन्दा स–साना पसल तथा घुम्ती पसल फोडेर चोरी गर्ने गरेका थिए ।

बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता रावलले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प छैन् भन्नुभयो ।

प्रतिक्रिया