ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं : हिजो (बिहीबार) घटेको सुनको भाउ आज उकालो लागेको छ । बिहीबार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज एकैदिनमा ७ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तिहारका दिन छापावाल सुन प्रतितोला ७१ हजार तथा बिहीबार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउपनि उकालो लागेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया