म्याग्दीमा बस दुर्घटना: चारको मृत्यु, १८घाइते

राष्ट्रिय समाचार समिति

गलेश्वर, १७ कात्तिक:म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो ।

फाइल फोटो

मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ । घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् ।

प्रतिक्रिया