पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको लिपुलेक र कालापानी हो भन्ने प्रमाण सरकारले पेश गर्न नसकेको बताए। नेपालले भुमि फिर्ता लिन एतिहासिक तथ्यको आधारमा नेपालको हो भन्ने सरकारले पुष्टि गर्नु पर्ने उनले जनाए।
एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रमको कुराकानीमा उनले भने, ‘छिमेकी राष्ट्रले आफ्नो नक्सामा अरु देशको भू-भाग गाप्ने वित्तिकै सरकारले कदम चाल्नु पर्थ्यो तर सकेन। नक्सा सार्वजनिक भएको ९ दिन पछि मात्रै नेपाली विज्ञप्ति निकाल्यो त्यो पनि त्रुटी सहित्।’
भारतले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन ३ वटा समाधानको उपाय रहेको बताउँदै उनले भने, ‘यसको समाधानमा पहिलो तथ्यगत प्रमाण, दोस्रो कुटनीतिक ढंगबाट र त्यस्रो कुटनीतिक ढंगबाट भएँन भने शक्तिको प्रयोग विकल्प हुनसक्छ।’
हेर्नुहोस भिडियो :