सिमा मिच्दा एउटा ट्वीट र प्रेस विज्ञप्तिमा स्पष्ट नाम लेख्न नसक्ने राष्ट्रभक्त हुन सक्दैनन् : आङकाजी शेर्पा

मनिषा थापा

पिएनपिखबर : महासंघका पुर्व महासचिव आङकाजी शेर्पाले भारतलाई रिजाएर सत्ता टिकाउने राजा, माहाराजा र बहुदलीय शाषकहरुले गरेको विभिन्न सन्धिको परिणामले आज लिपुलेक कब्जा भएको बताए। संवाद चौतारीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले मात्र नभई चीनले पनि सिमा मिचेको जनाएका छन्।

सिमा फिर्ता गर्न भारत र चीनको राजदुतावासको अघि गएर धर्ना दिएर केहि नहुने उनको भनाई छ। सिमा मिच्दा पनि प्रधान मन्त्री मौन रहेको उनले गुनासो पोखे।

उनले भने, ‘पहिलाको शासकले जे गरे केपी अलीले पनि त्यहि गरे। साच्चै यस समस्याको समाधान गर्ने हो भने सिमा मिचेको ठाउँको आदिवासीलाई सैनिक तालिम र हतियार दिनुपर्यी। भारतीयसँग उनीहरु लड्छन। यदि जबर्जस्ती भारत र चीनले नेपालको नक्सा गाबेको हो भने सरकारले त्यहाँको राजदुतलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन लगाई देश निकाला गर्न सक्नुपर्छ।’

‘भारतको आशिर्वाद लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पुष्प कमल दाहाललाई प्रधानमन्त्री चाइएको छ त्यस्तैले डिप्लोमेसीको डी पनि भन्न सकिरहेका छैनन्। उनीहरुले आफ्नो ट्वीटरमा सिमाबारे एक शब्द लेखेका छैनन, प्रेस विज्ञप्ति जारी गर्नेको नाम प्रेस विज्ञप्तिमा लेख्न नसक्ने कस्तो राष्ट्रभक्त हो ?’ ,उनले भने। उनले धर्ना बस्नुभन्दा पनि सैनिक तैनाथ गर्नुपर्ने बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू