एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

कृष्ण रोकाया

बाजुरा, २९ कात्तिक : जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिर्ग्रेको टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

उता बुढीनन्दा नगरपालिका वडा न २ मा रहेको नेपाल टेलिकमको टावर बिहान घाम लागेपछि आउने र बेलुका घाम अस्थाय संगै टावर पनि अस्थाउने हुदा स्वास्थ्य क्षेत्रमा समस्या त थियो नै अन्य सेवा सुविधाहरुमा पनि जटिल समस्या हुने र दश ,बिस मिलेटमा हुने काम पनि दिन भरिनै कुर्नु पर्ने बु,न,पा २ प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी का कर्मचारी सुबाश रोकाया जानकारी दिएका छन्।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो । जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू