कालापानी मात्र हैन ग्रेटर नेपालको सम्पूर्ण भूभाग फिर्ता चाहिन्छ : फणिन्द्र नेपाल

मनिषा थापा

पिएनपिखबर : राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपाल कालापानी मात्र हैन ग्रेटर नेपालको सम्पूर्ण भूभाग फिर्ता चाहिने बताएका छन्। उनीहरुले प्रचलित नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पनि गरेका छन्।

‘हुँदै नभएको भारतले जग्गा आफ्नो नक्सामा राख्यो, हामी हाम्रो भएको भू-भाग त राख्न सक्छौ नि तर हामी राख्दैनौ।’ ,उनले भने। प्रधानमन्त्रीमा कुनै साहास नरहेको भन्दै उनले भने, ‘भुमि अतिक्रमण गर्दा समेत् किन हेपियो भनेर भारतलाई भन्न सकेका छैनन्।’ नेपालले सरकारले भुमि अतिक्रमणको मामिला समाधान नगरे अन्तर्राष्ट्रिय अदालतमा जाने उनले बताए । बाँकी हेर्नुहोस भिडियोमा।

  

प्रतिक्रिया

सम्बन्धित समाचारहरू