प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलोपटक रुकुम पूर्वमा

मनिषा थापा

रुकुम : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रुकुम पूर्वको चार दिने औपचारीक भ्रमणमा निस्केका छन् । आज मुख्यमन्त्री पोखरेल जिल्लाको पुथा उत्तरगंगा गाउपालिकाको तकसेरामा हेलिकप्टर मार्फत पुगेका हुन् ।

 

जिल्ला दाैडाहमा पुगेका पोखरेलले जिल्लाको तकसेरा, खाबाङ र सदरमुकाम रुकुमकोटमा विभिन्न निर्माण संरचनाहरु उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने उनले विभिन्न भेला तथा सभालाई सम्बोधन समेत गर्नेछन् ।

मुख्यमन्त्रीमा चयन भएपछि पहिलो पटक रुकुम पूर्वको भ्रमणमा निस्केका उनीबाट जनताले विकास निर्माणका थुप्रै योजना पेश गर्नुका साथै राजनीतिक भेटघाट गर्ने जनाइएको छ ।

यस्तै मुख्यमन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्य कमला रोका, पूर्व मन्त्री गणेशमान पुन, पूर्वमन्त्री दलजित श्रेपाली, प्रदेशसभा सदस्य तेजबहादुर ओली, प्रदेश ५ का भौतिक पुर्वाधार विकास समितिका संयोजक आशा स्वर्णकार लगायत पहिलो संविधानसभा सदस्य जुनकुमारी रोकाको उपस्थिति रहेको छ ।

प्रतिक्रिया