काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस : संयोजक ढकाल

admin
  • खगेन्द्र हमाल

सुर्खेत, ५ मङ्सिर : कर्णाली प्रदेशको एकमात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लिएको आठौं सेमेस्टर विभिन्न संकाय परीक्षाको रिजल्ट बुधवारसम्म आइसक्नुपर्नेमा नआएको र लोकसेवा आयोग तथा विश्वविद्यालयको कार्यतालिका फरक भएको कारणले गर्दा विद्यार्थीहरुले लोकसेवाको परीक्षा दिनबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको विद्यार्थी नेता ढकालले जानकारी दिए।

देशका हरेक विश्वविद्यालयको कार्यतालिका र लोकसेवा आयोगको कार्यतालिकामा एकरूपता हुने भएकोले उनीहरुले लोकसेवाको फाराम भर्न पाइरहेका छन् तर यहाँका विद्यार्थीले भने त्यो अवसर लगभग गुमाईसकेका छन। इन्जिनियरिङ तथा अन्य अधिकृत तहमा जागिरका लागि लोकसेवा आयोगले दोब्बर दस्तुर सहित मंसिर २४ गतेसम्मका लागि दरखास्त आव्हान गरेको छ । यहाँ अध्ययनरत आठौं सेमेस्टरका विद्यार्थीले उक्त अवसर प्रयोग गर्न पाएनन।आठौं सेमेस्टरमा अध्ययनरत धेरै विद्यार्थीहरु लोकसेवाको तयारी गरिरहेका छन् ।सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी एवंम अनेरास्ववियु क्रान्तिकारीका सुर्खेत अध्यक्ष जगत ढकालले विश्व्विद्यालयमा सुर्खेतका विद्यार्थी भन्दा अन्यत्रका विद्यार्थीलाई भर्ना गर्ने गरी नयाँ भर्ना आव्हान गरिएको बताए ।

एम.बिए.अध्ययनका लागि मंसिर ३० गतेसम्मको मिति तोकिएको छ।आठौं सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीले अध्ययन गर्न कहाँ जाने?बाहिरबाट विद्यार्थी ल्याउने र यहाँका विद्यार्थीलाई अध्ययन गर्न नदिने वातावरण विश्वविद्यालयले बनाइरहेको र यहाँका विद्यार्थीले पहिलो प्राथमिकता पाएका छैनन् ।यसरी आफुखुसि तरिकाले भर्ना खोल्ने काम गर्दा यसले विद्यार्थीहरुको भविष्य माथि ठुलो खेलवाड गरिएको छ।पहिले आठौं सेमेस्टरको रिजल्ट निकालेर मात्र भर्ना लिइनुपर्छ। सोही विद्यालयमा अध्ययन गरिरहेका विद्याथीहरुले प्रवेश परीक्षाको फाराम भर्न नपाउनु दुःखद कुरा हो।

विद्यालयमा अध्ययनरत विद्यार्थी विश्वविद्यालय प्रशासनका कारण मास्टर डिग्रीको प्रवेश परीक्षा फाराम भर्न नपाउने अवस्थामा पुगेका छन्। विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैको अधिकार हुँदैन र यो निर्णयलाई तत्काल सच्याउनु पर्छ विद्यार्थी नेता ढकालले भने। सोही विद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी नेता ढकालले भने नतिजा प्रकाशन नहुँदा एक वर्ष पछि पर्नुपर्ने बाध्यता आएको जानकारी गराए। अस्ति खोलेको प्राविधिक ईन्जिनीयर अफिसरको फारम छुट्यो यो एउटा उदाहरण मात्र हो।उनले भने परीक्षाको समयमा नै रिजल्ट आएको भए हामीले एक बर्ष कुर्नु पर्ने थिएन। यो विद्यार्थीहरुको लागि गम्भीर विषय भएकोले यस्तो समय मा परिक्षा प्रमुख विदेश मा सयल गरिरहेका छन भने परिक्षा समितिका अध्यक्ष समेत रहेका रजिस्ट्रार नै निरही देखियका छन।

अवको विद्यार्थी आन्दोलन प्रभाव भनेको सडकमा भन्दा बढी विश्वविद्यालयमा देखीनु जरुरी छ । विद्यार्थी आन्दोलनको कार्यदिशाको विश्वविद्यालय केन्द्रित परिमार्जन,विकाश एंव पूर्नव्याख्या हुनु जरुरी छ । समसामायिक परिवेश भीत्रका शैक्षीक क्षेत्र भीत्रका विकृती एंव विशंगतीका विरुद्ध आफ्नो कार्यदिशा तय गर्नुमा नै विद्यार्थी आन्दोलनको अवको भविश्य हो । वदलिँदो समयपरिवेश सँगै शैक्षीक क्षेत्र भित्र वढ्दो निजीकरण र वढ्दो निजीकरणसँगै मौलाउँदो माफीयाकरण का विरुद्ध आफ्नो प्रमुख कार्यदीशा बनाउनुमा नै अवको विद्यार्थी आन्दोलनको जिवन निहीत छ।विद्यार्थी नेता ढकालले भने।

यो कस्तो विश्वविद्यालय हो? जो आफ्नै विद्यार्थीको नतिजा प्रकाशन नगरी भर्ना खोल्छ,कमि कमजोरीलाई सच्याउनुको साटो विश्वविद्यालयका पदाधिकारी भन्छन हामी विश्वविद्यालयलाई system मा लैजादैछम रे! अनि यो मपविविको परिक्षा नियन्त्रण कार्यालयको के काम छ र?जस्ले आफ्नै विवि मा अध्ययनरत विद्यार्थीहरुलाइ नै पढ्ने अबसर बाट बन्चित गराइराको छ! समय मा नतिजा प्रकाशन नहुदा मपविवी मै अध्यानरत विद्यार्थीले प्रवेश परिक्षा फारम भर्न बाट बन्चित हुनुपर्दा यो प्रती बिद्यार्थीको विश्वसनीयता कति रहने?अन्य university मा अध्यानरत विद्यार्थी लाई बढी प्राथमिकता दिइरहेको छ।

अहिले परिक्षा नियन्त्रण कार्यालय मपविवी ले समयमा नतिजा सार्बजनिक नगर्दा Musom र Humanities campus ले भर्ना खोली सके त्यही क्याम्पसमा अध्यायन गरि अहिले pass out(8th semester) हुने विद्यार्थीले प्रवेश परिक्षा फारम पायनन। आफ्नै विद्यार्थीलाई पढ्ने बाताबरण बाट बन्चित गराइ अन्य university बाट विद्यार्थीलाई ल्याएर कहाँ सम्म चलाउनु होला यो विश्वविद्यालय? महोदय विश्वविद्यालय चलाउन सक्नु हुन्न भने राजिनामा दिनुस।हजुर जत्तिकै योग्य र क्षमतावान मान्छेको कमि छैन नेपालमा भन्दै ढकालले आक्रोश व्यक्त गरे।

प्रतिक्रिया