सिमामा काडेतार लगाउन पुगे ‘हन्ड्रेडस ग्रुप’

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय समाज सेवामा आफ्नो योगदान पुर्याउदै आएको ‘हन्ड्रेडस ग्रुप’ले सिमामा काडेतार लगाउने अभियान शुरु गरेका छ। २५ जनाको टोलीले महोत्तरी जिल्लामा पुगी नेपाल भारत सीमामा तार लगाउन सफल भएका हुन्।

सिमा विवादमा सक्रियरुपमा अघि सरेका उनीहरुले ज्यानको बाजी राख्दै नेपाल सरकार र इंडिया सरकारलाई दबाब दिनको लागि सिमामा पुगी तार लगाएको जानकारी दिए। उनीहरु एउटा बस नै रिजर्व गरी सिमाना पुगेका थिए।

एक अभियान्ताले विदेशी शक्तिको आडमा देशलाई सधै हेपिएको भन्दै आक्रोश पोखे। उनीहरुले  ‘आयो गोर्खाली’ भन्दै नाकामा पुगेर काडेतार लगाई नेपालको झण्डा लहराएका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू