माध्यमिक बिद्यालयको समायोजन गर्नु आजको आवस्यकता हो: जिसि

admin
  • खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न:३ मा रहेको श्री ने.रा.मा.वि.काडाघुवानिको आयोजनामा माध्यमिक बिद्यालयहरु समायोजन बारेमा अन्तरक्रिया कार्यक्रममा औपचारिक छलफल भएको छ।मिति २०७६ मङ्सिर ४ गतेका दिन यस श्री ने.रा.मा.वि.काडघुवानिको आयोजनामा यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बोध बिक्रम जिसिको अध्यक्षता तथा प्रमुख अतिथि गापा अध्यक्ष देव बहादुर चन्दको अनुपस्थितिमा चिङगाड गापा वडा न.३ का वडा अध्यक्ष,रेशम बहादुर जिसि,४ न.वडा अध्यक्ष अम्मर बहादुर चन्द,र मालिका मावीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डोर प्रशाद शर्माको उपस्थितिमा सुवाश जिसिले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुभएको थियो।

कार्यक्रममा बोध बिक्रम जिसि अध्यक्ष मावी काडाघुवानी,रेशम बहादुर चन्द ३ न.वडा अध्यक्ष,अम्मर बहादुर चन्द ४ न.वडा अध्यक्ष,सीता कुमारी बिक ३ न.सदस्य,तुलसा बिक,डोर प्रशाद शर्मा मालिका मावी अध्यक्ष,बहादुर चन्द अध्यक्ष धौलाचाखाचौर,उदय बहादुर खत्री प्र.अ.मालिका मावी,मदन प्रशाद शर्मा प्र.अ.धौलाचाखाचौर,शेर बहादुर जिसि प्र.अ काडा घुवानी,हिम्मत बहादुर घर्ती सदस्य,वीर बहादुर जिसि सदस्य,झुपलाल जिसि,रुद्र बहादुर शाही सदस्य,धनसरा जिसि,कमला राना,उदय बिसि मालिका मावी,कृष्ण बहादुर जिसि,हिम बहादुर जिसि,र मैसरा रानाको उपस्थिति रहेकोे थियो।

उक्त कार्यक्रममा चिङ्गाड गाउँपालिका सुर्खेत,वडा न.३ को कार्यलय,वडा न.४ को कार्यलय,श्री.मालिका माध्यमिक बिद्यालय मटेला,श्री नेरा मावी धौलाचाखाचौर र शिक्षा साखा चिङ्गाड गाउँपालिका सुर्खेतको सहभागीता रहेको नेरा मावी काडाघुवानिका प्र.अ.शेर बहादुर जिसि(शुवास)ले जानकारी दिनुभयो।चिङ्गाड गाउँपालिका वडा न.३ र ४ मा बर्तमान अवस्थामा क क्षा १ देखि १२ सम्मा श्री.मालिका माध्यमिक बिद्यालयमा र कक्षा १ देखि १० सम्म नेरा मावी काडाघुवानी र नेरा मावी धौलाचाखाचौर संचालनमा रहेका छन।बर्तमान संरचनामा संचालित बिद्यालयहरु जेनतेन चलेका त छन तर यी बिद्यालयहरुले शैक्षिक जनशक्ति उत्पादनमा उल्लेखनीय भुमिका निर्वाह गर्न नसकेकोले बर्तमान अवस्थामा हाम्रा बिद्यालयहरुबाट उत्पादित जनशक्तिले भविष्यमा चिङ्गाडको स्तर बिकास र समृद्धिमा टेवा पुर्याउन सक्छन या सक्दैनन् यो नै हामी चिङ्गाडबासी समाजसेवी,शिक्षा प्रेमी,राजनीतिकक्षहरु तथा अभिभावकहरु माझ गम्भीर बहस गर्नु पर्ने बर्तमानको एक साझा सवाल रहेको जानकारी गरे।

बर्तमान अवस्थामा बिद्यालयका समस्याहरु धेरै भएकोले यसललाई कसरी हल गर्ने र आजको आधुनिक युगमा हामि सबैले चाहेजस्तो गुणस्तरीय शिक्षाको वृद्धि कसरी गर्ने गहन बिषय रहेको छ।बिद्यालय जबर्जस्ति चल्नु,आर्थिक अभावको सामना गर्नु,राम्रो नतिजाको अभाव हुनु,उच्च राजनीतिक चलखेल हुनु,साझा लक्ष्य योजना हुन नसक्नु,जबर्जस्ति ऎच्छिक बिषयहरु लाद्नु,र बिद्यालय खोल्न होडबाजी गर्नले नै बिद्यालय व्यवस्थापन र शैक्षिक स्तरमा समस्या आउनु नै मुल कारण रहेको प्र.अ जिसिले जानकारी गराउनु भयो।

बिद्यालय समायोजन गर्ने कुनै रहर होइन यो एउटा चासोको बिषय भएकोले यसलाई कार्यनयन गर्नको लागि अन्तरक्रिया छलफल कार्यक्रम बाट नै निचोड आउने भएकोले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जानकारी गराउनुभयो।समायोजन किन र के का लागि भन्ने प्रश्नको उत्तर दिदै उहाले भन्नुभयो एकीकृत शैक्षिक योजना निर्माण गरेर शैक्षिक बिकासमा कायपलट गरि क्याम्पसको स्थापना र संचालन गर्न समायोजनको मुल उदेश्य हो भन्नुभयो।यसका साथै बहु आयमिक प्राबिधिक शिक्षालय संचालन गर्न,औसत शैक्षिक वृद्धिदर बढाउन,दक्ष जनशक्ति उत्पादन गर्न र अभिभावक तथा स्थानीय सरकारलाई पर्ने आर्थिक व्ययमार कम गर्न सकिने बताउनुभयो।(one team one dream)उपयुक्त ठाउँको छनौट,उपयुक्त नामको छनौट र उपयुक्त टिमको छनौट योजनाका आधारहरु रहेको जानकारी दिनुभयो।

विद्यालय भित्र रहेका अनगिन्ति समस्या र प्रवृत्तिहरु नै गुणस्तरीय शिक्षाको बाधक हो।शैक्षिक पाठ्य बस्तुहरु समय सापेक्ष परिवर्तन भैरहेको छैन भने त्यस्ता पाठ्यवस्तुहरुलाई व्यबहारिक रुपमा सिक्न र सिकाउनको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्रीहरुको अभाव छ । कतिपय अवस्थामा त पाठ्यपुस्तक उचित समयमा उपलब्ध भएको पनि पाईदैन। यसले गर्दा सिकाई क्रियाकलापमा प्रत्यक्ष रुपमा प्रभाव परेको पाइन्छ।त्यस्तै गरि सामुदायिक विद्यालयहरु प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दो क्रम जारी छ।

दिन दिनै विद्यार्थी संख्यामा कमि हुनु र विद्यार्थी नियमित नहुनु यसको एक ज्वलन्द उदाहरण हो । शिक्षकहरु पनि विद्यार्थीको चाहना र रुचि अनुसार प्रस्तुत हुन सकिरहेका छैनन् । दक्ष र तालिम प्राप्त शिक्षकहरुको संख्या उल्लेख्य मात्रामा भए पनि तदअनुरुप शिक्षण सिकाईं क्रियाकलाप कक्षाकोठा भित्र प्रवेश नभएको पाइन्छ । नयां–नयां पद्दति र प्रविधि शिक्षण क्रियाकलापमा विकसित भइरहेको अवस्थामा परम्परागत विधिबाट शिक्षण गतिविधि सञ्चालन भइरहनु पनि शैक्षिक गुणस्तर वृद्घि हुन नसक्नुको एक कारणको रुपमा रहेको छ ।

जे जस्ता समस्याहरु र चुनौतिहरु भएता पनि सामुदायिक विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरुले तयसको सामना गर्दै उपयुक्त समाधानको बाटो रोज्नुको अर्को विकल्प छैन । साथ साथै नेपाल सरकार, शिक्षा मन्त्रालय र सरोकारवालाहरुले उचित शैक्षिक निति अवलम्वन गरि शैक्षिक गुणस्तर अभिवृद्घि गर्नका लागि सान्दर्भिक कार्यक्रम ल्याउन आवश्यक छ । अहिले विद्यमान रहेका समस्याहरुलाई क्रमागत रुपमा पहिचान गरि त्यसको तार्किक समाधानमा जान उचित प्रकारको कदम चाल्नु पर्ने देखिन्छ , त्यस्तै गरि विद्यालय र शिक्षस“ग समवन्धित पक्षहरुमा सकारात्मकता र दृढ इच्छाशक्तिको वृद्घि हुन जरुरी छ । विद्यालय गतिविधिलाई कितावस“ग मात्र नजोडी सलाई ब्यवहार, ब्यवसायीक्ता र राष्ट्र र समाजको उन्नती र प्रगतिस“ग पनि समावेस गर्नु जरुरी छ ।

शिक्षक–शिक्षक विचको विभेदलाई अन्त्य गर्दै विद्यार्थीहरु प्रति उत्तरदायी बनाउन जरुरी छ । एकले अर्कोलाई दोषरोपण गर्न छोडी समस्या समाधान तर्फ हाम्रो भुमिका कस्तो र के हुन सक्छ भनि चिन्तन मनन् गर्नु पर्ने वैला भएको छ । अन्यथा हामी आफैले बुनेको जालमा आफै फस्नैछौं र लाखौं नया“ पिढीहरुको उज्जवल भविष्यको बाधक वनेर आफ्नो एतिहा“स लेख्ने छौं । तसर्थ गुणस्तरीय शिक्षामा सवैको पहु“च पु¥याउनको लागि र देशलाई कुसल र दक्ष जनशक्तिको उत्पादन गर्नको लागि सम्पूर्ण शिक्षा सरोकारवालाहरुले एक पटक गम्भिर हुने बेला आएको छ))

शैक्षिक योजना सम्बन्धि एक पश्नको जवाफ दिदै प्र.अ.जिसिले भन्नुभयो बिद्यालय समायोजन पछि चिङ्गाड ३ र ४ एक सुयुक्त बिद्यालय हुनेछ।यसले बर्तमान बजारमा आवश्यक पर्ने शैक्षिक जनशक्तिको पूरा गर्नेछ र आधारभूत तह तर्फका तिन भिन्न भिन्न स्कुलहरु रहनेछ।मावी तर्फ ९-१२ मा एक नमुना उन्मुख स्कुल संचालन हुनेछ।यसमा नेपाली,(english medium)दुबैमा पठन पाठन गराउने,आवासीय बसोबासको बन्दबस्त गरि नमूना पुस्तकालयको स्थापना गर्ने,नमुना बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको संचालन गर्ने,बहुआयामिक चिङ्गाड प्राविधिक शिक्षालय डिप्लोमा तहसम्म र i.s.e.Ag-ओभरसियर/सब ईन्जिनियरिङ्ग, मेडिकल सब ईन्जिनियरिङ्ग(अटो मोबाईल्स)कम्प्युटर को स्थापना गरि चिङ्गाड बहुमुखी क्याम्पसको स्थापना गरिने जानकारी दिनुभयो।

समायोजनमा मावी काडाघुवानिको सहमति सर्त यसप्रकारको रहेको छ
१.चिङ्गाड खोला क्षेत्र ठाटी बजारदेखि खारतडा ।
२.मालिका माविको नाममा बिद्यालय नामकरण गरि समायोजनमा सहमति देखाउने।
३.बिनियोजित रु.५० लाख यसै सर्तअनुसार यो क्षेत्रको पुर्वधारमा खर्च गर्ने ।
४.गजेडाडा चिसापानी सामुदायिक बन क्षेत्र उपभोग प्रयोगका लागि बिद्यालयलाई प्रदान गर्ने वातावरणको सृजना गर्ने

मा बि काडाघुवानिले आयोजना गरेको समायोजन अन्तरक्रिया कार्यक्रमको बहसमा उपस्थित सबैले आ आफ्नो धारण राख्नुभएको थियो। आगामी कार्यक्रम मलिका मा बि ले २१ गते निर्णय गर्ने गरि सकिएको जानकारी प्र.अ.जिसिले जानकारी दिनुभयो।

प्रतिक्रिया