मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति स्थानीय हुनुपर्ने सरोकार समितिको माग

admin
  • खगेन्द्र हमाल

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी सरोकार समिति सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कर्णाली प्रदेशको स्थानीय व्यक्तिलाई उपकुलपति नियुक्ति गरिनु पर्ने जोडदार माग गरेकाे छ। आज बिहिबार एक विज्ञप्ति जारी गर्दै सरोकार समितिले कर्णाली प्रदेशका प्राज्ञिक व्यक्तिहरू माथि अन्याय गरिए चुप लागेर नबस्ने चेतावनी दिएकाे छ।

हाम्रो त्याग तपस्या पसिना र रगतसँग साटिएको यस विश्वविद्यालयमा हाम्रै कर्णाली निवासी वा म.प.विश्वविद्यालयमा कार्यरत प्राज्ञिक व्यक्तिबाट उपकुलपति नियुक्ति गरी संघीयताको मुल मान्यतालाई व्यवहारिकतामा लागु गर्नुपर्ने भनिएको छ।यस कर्णाली प्रदेशका आम जनसमुदायको चाहना र भावनाको सम्बोधन गर्नका निमित्त उपकुपति मार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली समक्ष जोडदार माग गरिएको छ।

अन्यथा आईपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने र थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ। समितिका संयोजक राज पौडेलले भने कर्णाली प्रदेशका प्राज्ञिक व्यक्तिमाथि संघीय सरकारले अन्याय गरेको आरोप लगाएका छन्। उनले भने संघीय सरकार प्रदेशलाई अन्यायमा पार्ने काममा व्यस्त देखिन्छ।

प्रदेश प्रमुख पनि बाहिरको मानिसलाई बनाईयो भने हामी चुप लागेर बस्दैनाै‌। फेरी म.प. विश्वविद्यालयको उपकुल पनि बाहिरको नियक्ति गर्ने षड्यन्त्र हुँदैछ। विज्ञताको कार्ड देखाएर कर्णाली प्रदेश निवासी प्राज्ञिक व्यक्तित्वहरूमाथि अन्नयाय गरिए शसक्त प्रतिवाद गर्नेछौं।सम्बन्धित निकायले तत्काल समस्याको नगरे प्रतिबाद गर्ने चेतावनी सम्म दिए।

प्रतिक्रिया