नेपाली भूमी कब्जा गरेर भारतीयको खेती

admin

झापा, ६ मङ्सिर: नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । गौरीगन्ज गाउँपालिका साविक आमगाछी–४ मा यस्तो अवस्था रहेको छ ।


सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् । भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा उत्तम नेपालले लेखेका छन् ।

प्रतिक्रिया